२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

राष्ट्रिय सहमतिको लागि एमाले एक कदम अगाडि बढेर सरकारलाई सहयोग गर्न तयार छः सांसद विष्ट

४ असार, काठमाडौं । सांसद गोकर्ण विष्टले राष्ट्रिय सहमतिको लागि एमाले तयार भएको बताएका छन् । सोमबार खर्च कटौतीको प्रस्ताव र निर्धारित विनियोजन शीर्षक माथिको छलफलमा सांसद विष्टले जलस्रोतको विकास र राष्ट्रिय हितको लागि आफुहरु तयार भएको बताए ।

उनले भने ‘ राष्ट्रिय हितको लागि गरिने राष्ट्रिय सहमतिको लागि हाम्रो दल एक कदम अगाडि बढेर सरकारलाई सहयोग गर्न तयार छ तर जलस्रोतको विकास राष्ट्रिय हितभन्दा सत्ता सौदावाजीको लागि सरकारलाई टिकाउन जोगाउनको लागि प्रयोग गरियो भने त्यसमा हाम्रो गम्भीर असहमति रहन्छ । ’

सांसद विष्टले सरकारले प्रसारणलाईन निर्माणको लागि कुनै प्रयत्न नरेको बताएका छन् । विद्युत उपयोग लागि आन्तरिक खपतलाई बढाउनु पर्ने तर देशमा आन्तरिक खपत कहाली लाग्दो अवस्थामा रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १३:४६