६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

आज समाजवादी मोर्चा घोषणा हुँदै

४ असार, काठमाडौ । संसदमा रहेका तीन र संसद बाहिरको एक सहितका चार दल मिलेर आज समाजवादी मोर्चा घोषणा गर्दै छन् । आफ्ना लक्ष्य, उद्देश्य र मुद्धाहरु समान भएको भन्दै संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र सहितका अन्य साना कम्युनिष्ट विचारसँग नजिक साना दलहरुको एउटै मोर्चा समाजवादी मोर्चाको नामबाट आज घोषणा हुन लागेको हो ।

अपरान्ह ३ बजे राष्ट्रिय सभा गृहमा हुन लागेको समाजवादी मोर्चामा माओवादी केन्द्र सहित, जनता समाजवादी दल, नेकपा (एकिकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार ०९:१६