एकै पटक पाँच शाखा सञ्चालन गर्दै समृद्धि फाइनान्स
३ असार, काठमाडौँ । समृद्धि फाइनान्सले एकै पटक पाँच शाखा सञ्चालनमा ल्याउने भएको छ । समृद्धिले असार ४ देखि ११ गतेको बीचमा पाँच नयाँ शाखा सञ्चालनको घोषणा गरेको हो । फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिृकत टिका निधी लोहनीले शाखा सञ्चालनको शुभारम्भ कार्यक्रमका निम्ति संयुक्त निमन्त्रणा पठाएका छन ।
समृद्धिले सर्लाही, महोत्तरी, सिरहा, सुनसरी र कपिलवस्तुमा एकै पटक नयाँ शाखा सञ्चालनमा ल्याउन लागेको हो । यसअघि चितवन, रूपन्देही, कास्की, काठमाडौँ र मकवानपुर लगायतको जिल्लामा समृद्भिका शाखाहरू सञ्चालन भैसकेका छन् ।
समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिृकत लोहनीले दैनिकीसँग कुरा गर्दै असार ४ गते सर्लाहीको कविलासी नगरपालिका ७ गैरमा, असार ६ गते महोत्तरीको औरही नगरपालिका १ औरहीमा, असार ७ गते सिरहाको धनगढीमाई नगरपालिका ८ कसाहामा, असार ८ गते सुनसरीको बराक्षेत्र नगरपालिका ११ मधुवनमा र असार ११ गते कपिलवस्तुको शिवराज नगरपालिका ४ खरेन्द्रपुरमा नयाँ शाखा सञ्चालन हुने जानकारी दिए ।
प्रकाशित मिति : ३ असार २०८०, आईतवार १९:२०












