२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

७० बर्षे उमेर हद निलम्बित भएपछि एमालेमा फर्किँदै वामदेव गौतम

३ असार, काठमाडौं । नेकपा एमालेले ७० बर्षे उमेर हद हटाएपछि नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम पुनःएमालेमा फर्कने सम्भावना बढेको छ ।

आइतबार एमाले पार्टी कार्यालयमा अध्यक्ष केपीशर्मा ओली र गौतमबीच भएको भेटवार्तापछि गौतम पुनःएमालेमा नै फर्कने सम्भावना बढेको हो । भेटपछि एमालेका एक सदस्यले भने ‘उहाँहरुबीच झण्डै १ घण्टा ४५ मिनेट छलफल भयो, अध्यक्ष ओलीले पार्टीमा फर्कन गरेको आग्रहलाई गौतमले सकारात्मक रुपमा लिनु भएको छ, गौतमले पद र व्यवस्थापनमा चासो देखाउनु भएको र त्यो ठूलो नभएको ओलीको जवाफ थियो । ’

एमालेले गत जेठ १९ गते बसेको सचिवालय बैठकमार्फत एमाले भित्र रहेको ७० बर्षे उमेर हदको प्रावधान निलम्बन गरेको थियो । यो निर्णयपछि आफु पनि उत्साहित भएको प्रतिक्रिया गौतमले दिएका थिए भने मुकुन्द न्यौपाने लगायतक केही नेताहरु एमालेमा फर्किएका थिए ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार १७:२६