२२ माघ २०८२, बिहीबार | Fri Feb 6 2026

असार महिनाभित्र ब्याज भुक्तानी गर्दा राष्ट्रिय वाणिज्य बैंकले ५% छुट दिने

३ असार, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यावसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै यही असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरुलाई छुट दिने निर्णय गरेको छ।

ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सूक्ष्म निगरानी, कमसल, शंकास्पद, खराब) जतिसुकै अवधिको ओभरड्यु, नर्मल तथा पेनल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिने बैंकले जनाएको छ। ब्याज छुट रकम सम्बन्धित ऋणीको खातामा फिर्ता वा जम्मा गरिने बैंकले जनाएको छ। यो अवसरको लाभ लिन सम्बन्धित सम्पूर्ण ऋणीहरुलाई बैंकले अनुरोध गरेकाे छ ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार १६:५४