२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

घोराही सिमेन्टको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

३ असार, काठमाडाैं । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा आज असार ३ गते आइतबार  बिहानसम्म मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेकाे थियाे ।

सीडीएससीका अनुसार कम्पनीकाे आईपीओमा आज बिहान १० बजेसम्म ३ लाख ९२ हजार २६७ आवेदकबाट कुल १ करोड ४० लाख ५८ हजार ६१० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.०३ गुणाले बढी हो।

कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ। उक्त आईपीओमा अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेर  प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्नेछ।

लगानिकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि भोलि असार ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 11:23