६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

मानवस्तकरी प्रकरणः कांग्रेस नेता खाँड र एमाले नेता रायमाझीसहित १६ जना जेल चलान

१ असार, काठमाडाैँ । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेता समेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका सचिव समेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि १६ जनालाई  पूर्पक्षका लागि कारागार चलान गरेको हो । न्याैपानेको इजलाशले लक्ष्मी महर्जनसहित दुई जनालाइै भने धरौटीमा छाड्ने आदेश गरेको छ । मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोही अनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो । सार्वजनिक ओहदामा बसेका व्यक्तिको हकमा थप तीन वर्ष सजाय हुनसक्छ । उनीहरुलाई कैदका साथै २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको छ । उक्त घटनामा अझै १२ जना फरार छन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १८:२०