१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

आइतबारदेखि सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द हुने (सूचनासहित)

१ असार, काठमाडाैं । नेपाल विद्यालय कर्मचारी परिषद्ले असार ३ गते आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ । आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले बन्दसहितको आन्दोलनको घोषणा गरिएको परिषद्ले जनाएको हो।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रुपमा सञ्चालन गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १७:४७