६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, कुनकाे प्रतिलिटर कति ?

१ असार, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।

आइओसीले हरेक १५ दिनमा नयाँ मूल्य पठाउने गरेको छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढेर आएको छ। हाल बजारमा प्रतिलिटर पेट्रोल १७५ रुपैयाँ र डिजेल तथा मट्टीतेलको १५५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १६:२१