१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

संघीय शिक्षा ऐन तत्काल ल्याउन सांसद केसीकाे माग

१ असार, काठमाडौं । सांसद अर्जुननरसिंह केसीले संघीय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेका छन् । शुक्रबार संसदको सुन्य समयमा बाेल्दै उनले भने, ‘संघीय ऐन संघीयताको आठ वर्षसम्म पनि प्राप्त भएको छैन् तुरुन्त ल्याइयोस् । विद्यालय कर्मचारी अहिले पनि धर्नामा छन् तिनीहरुको समस्या सरकारले तत्काल सम्बोधन गरोस् ।’

त्यस्तै उनले बुढानिलकण्ठ स्कूलमा भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सो स्कुलमा चरम लापरवाही भएको र अभिभावकबीच माइक हानाहान भएको भन्दै उनले समस्या समाधानका लागि ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १२:२०