१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेप्सेमा एक लघुवित्तको सेयर कारोबार रोक्का

३२ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ । मर्जर प्रयोजनका लागि नेप्सेले असार १ गतेदेखि लागू हुने गरी आदर्श लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो।

नेप्सेलाई जेठ २८ गते पत्र पठाउँदै लघुवित्तले मर्जर प्रयोजनको लागि सेयर कारोबार रोक्का गर्न आग्रह गरेको थियो । सोहि पत्रका आाधारमा नेप्सेले असार १ गतेदेखि लागू हुने गरी सेयर कारोबार रोक्का गरेको हो ।

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गरी भोलि असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ। डिप्रोक्सले आदर्शलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्त गर्ने सहमति भएको हो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १६:४५