८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

तोसिमा कार्कीको प्रश्नः खेलकुदलाई छुट्याइएको बजेटमा ‘ठट्टा’ किन ?

३२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले खेलकुदका लागि भनेर विभिन्न दलका नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनावश्यक अनुदान दिइएको बताएकी छिन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनुदान दिइएको भन्दै यस्तो दलका नेताको नाममा राजनीतिक आवद्धता बढाउने यस्ता खालका कार्यक्रमहरुलाई प्रोत्साहन गर्न नहुने बताईन् ।

उनले भनिन्,अन्तराष्ट्रिय खेलकुद आयोजनातर्फ विभिन्न दलका नेताहरुका नाममा खुलेका प्रतिष्ठानहरुलाई अनुदान दिइएको छ । मदन भण्डारीलाई ५० लाख, गणेशमान सिंहलाई ५० लाख, साहनाप्रधान स्मृति प्रतियोगितालाई ७ लाख, गिरिजाप्रसाद कोईराला पुरुष हकीलाई ७ लाख भन्दै बाढीएका रकमहरु उचित लेखा परीक्षण हुने गरेको छैन् । र खर्चको पारदर्शितामा हरेक पटक निरन्तर रुपमा प्रश्न उठेको छ । दलका नेताको नाममा राजनीतिक आवद्धता बढाउने यस्ता खालका कार्यक्रमहरुलाई किन र के का लागि प्रोत्साहन गरिन्छ । ’

सांसद कार्कीले युवा तथा खेलकुद मन्त्रालयको बजेटलाई हेर्दा बजेटको नाममा ठट्टा गरिरहेके जस्तो देखिएको बताए । उनले अन्तरराष्ट्रिय जगतमा नै ठूलो महत्व राख्ने यस्तो खेलकुदप्रति सरकार किन उदासिन देखिएको भन्दै प्रश्न पनि गरेकी छिन् ।

उनले भनिन्, हामी बजेटको नाममा यहाँ ठट्टा गरिरहेका छौ, युवा तथा खेलकुद मन्त्रालयको बजेटले त्यही देखाउँछ, यसको पहिलो शीर्षकले नै व्यङ्ग्य गरेको छ , १५ लाख पुँजीगत खर्च हुने मन्त्रालयको स्थागत चालु खर्च ६ करोड ९ लाख छ साच्चै ठट्टा गरेको जस्तो छैन् त, बजेटको शीर्षक ३४, ३४ १०, ११ अन्तरगत १९ औं एसियन खेलको लागि ६ करोड ४० लाखर १४ औं दक्षिण एसियाली खेलकुदका लागि जम्मा २५ लाख सहभागिता तथा तयारी खर्च भनेर छुट्याइएको छ । अन्तर्राष्ट्रिय जगतमा नै निकै ठूलो महत्व राख्ने यस्तो खेलकुदप्रति सरकार किन उदासिन देखिएको छ । ’

सांसद कार्कीले सीमित स्रोत साधान भएपनि अन्तर्राष्ट्रिय स्तरबाट मेडल ल्याउन सफल हुने खेलाडीहरुलाई राज्यले सम्मान र प्रोत्साहन गर्नुपर्ने ठाँउमा बजेटले निराश बनाएको पनि बताईन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १४:३०