२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सरकारले गेरुवा वस्त्रको नशामा जनतालाई दुःख दिने काम गर्याेः अमरेश सिंह

३२ जेठ, काठमाडौं । सांसद अमरेश सिंहले सरकारले गेरुवा वस्त्रको नशामा जनतालाई दुःख दिने काम गरेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा सांसद सिंहले प्रधानमन्त्रीले गेरुवा वस्त्र धारण गरेरर छुवाछुत, जनजाति, दलित, मुस्लिमहरुलाई देशमा बस्न नदिने भनेर प्रण लिएको उल्लेख गर्दै सरकारलाई जे गरेपनि छुट छ भन्ने सोच नराख्न आग्रह गरेका छन् ।

उनले भने, यो गेरुवा वस्त्र धारी सरकारको एकदमै सफा योजना छ, यो देशमा मुस्लिम बस्न पाउनु हुदैँन्, दलित बस्नु हुदैँन् । गेरुवा वस्त्रको नशामा जनतालाई दुःख दिने काम नहोस्, यो सरकारलाई हामी जे गरेपनि छुट छ, बजेट लुटे पनि छुट छ । चार जनाले बजेट लुट्या छ हामी संसद मौन छौ । आत्मदाह गरिररहेको हुन्छ जनता, तर सरकार गेरुवा वस्त्र धारण गरेर मन्दिर मन्दिर घुमि रहेको छ । र छुवाछुत, जनजाति, दलित, मुस्लिम उनीहरुलाई यो देशमा सक्काउछु भनेर प्रण गर्नु भएको छ प्रधानमन्त्रीले गेरुवा वस्त्र धारण गरेर । ’

सांसद सिंहले गरीव समुदायलाई सहयोग लागि प्रधानमन्त्री बनेको हो भने धनीहरुको पछि नलाग्न आग्रह गरेका छन् । उनले भने, प्रधानमन्त्रीले म गरीवको लागि बनेको होईन्, म विशाल ग्रुपको लागि बनेको हो जसको कर मैले छुट गरेको छु, चुरोटको कर कम गरको छ, प्रधानमन्त्री धनीको सेवा गर्नुहुन्छ भने देशको प्रधानमन्त्री नबन्नु देशको प्रधानमन्त्री बन्ने हो भने गरीव समुदायलाई सहयोग गर्न सक्नुपर्छ ।’ यस्तै उनले अहिलेको सरकारले आलु, प्याजमा भ्याट लगाएर गौरवशाली काम गरेको छ भन्दै सरकार गेरुवा वस्त्रको नशामा रहेको बताए ।

गेरुवा वस्त्र धारण रुपी सरकार समयमा होसमा आउनु, जनतालाई दुख नदिनु तपाईहरुको नीजि सम्पत्ति होईन्, बजेटबाट आफू ३, ४ करोडको हेलिकप्टर चड्ने र गरिव जनतालाई बस्न नदिने योबाट उठेको आगोले सरकार जलेर भस्म हुन्छ । जुन तपाई भष्म लगाएर सरकारको आयु लम्बाउने कोशिस गर्नु भएको छ, त्यही भष्मबाट तपाई बष्म हुनुहुन्छ । तपाईले जुन दिनदेखि गेरुवा वस्त्र धारण गर्नुभएको छ त्यो दिनदेखि मुस्लिममाथि अत्याचार बढेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १४:०९