नेप्सेमा एक कम्पनीको आईपीओ सूचीकृत, कति छ ओपनिङ रेन्ज ?
३२ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार १ कम्पनीको आईपीओ सूचीकृत भएको छ । नेप्सेमा आज मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ सेयर सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीकाे ५४ लाख २५ हजार ८ सय ३३ कित्ता आईपीओ सूचीकृत भएको छ । नेप्सेले कम्पनीकाे आईपीओलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ७७.४५ रुपैयाँदेखि अधिकतममा २३२.३५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। नेप्सेले यो कम्पनीलाई ‘एमसीएचएल’ कारोबार संकेत प्रदान गरेको छ। सोही आधारमा आइतबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ ।
प्रकाशित मिति : 12:55









