१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको राजिनामा अस्वीकृत

५ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत भएको छ । नेकपा केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले  श्रेष्ठले प्रवक्ताबाट दिएको राजीनामा अश्वीकृत गरेको हो ।

डा.गोविन्द केसीको अनसन प्रकरण नीतिगत असहमति जनाउँदै श्रेष्ठले यसअघि सचिवालय समक्ष राजीनामा दिएका थिए । उनको राजीनामा लामो समयदेखि अनिणिर्त अवस्थामा थियो । प्रवक्ता श्रेष्ठले उठाएका नीतिगत विषयमा समेत बैठकमा छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार २०:०३