राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ?
३२ जेठ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोली असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा जेठ महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।
प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार ११:२९