१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

नेकपाको प्रदेश कमिटीको इन्चार्ज तोक्ने निर्णय सदर, माधव नेपाल ट्वाँ

५ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश इन्चार्ज तोक्ने निर्णय सदर भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले अाफूहरू सहभागी नभएको बैठकले प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्ययक्ष र सचिव ताेकेको भन्दै असन्तुष्टि जनाएका थिए ।

वरिष्ठ नेता नेपालले भने लिखित रूपमै असहमति राखेका थिए । नेपालको असन्तुष्टिका विषयमा नेकपाको अाजको सचिवालय बैठकमा छलफल भए पनि निर्णय भने पुरानै सदर भएको हो । माधव नेपाललार्इ बैठकमै राखेर अध्यक्षद्धय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डले ट्वाँ पारिदिएका छन ।

 माधव नेपालले लिखित असहमति जनाएका थिए । उनले सो निर्णय फिर्ता लिनुपर्ने र मापदण्ड बनाएर सच्याउनुपर्ने प्रस्ताव राखेका थिए । माधव नेपालले राखेको लिखित प्रस्तावमा गम्भीर छलफल भएको र आगामी दिनहरुमा कमजोरी सच्याउने प्रतिबद्धता आएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

पार्टीका विभिन्न कमिटीहरुको एकीकरण र जनवर्गीय संगठनहरुको एकताबारे छलफल गर्न बुधबार सचिवालयको बैठक पुनः बस्ने भएको छ । सो बैठकले एकताको प्रस्ताव तयार पारेर कात्तिक १२ र १३ गते बस्ने बस्ने स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार १९:४७