इप्पानको उपमहासचिवमा प्रकाश दुलाल निर्विरोध
३१ जेठ, काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को उपमहासचिव पदमा प्रकाश दुलाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै काेषाध्यक्षमा नरेन्द्रबल्लभ पन्त पनि निर्विरोध भएका छन । त्यस्तै महिला सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन । निर्वाचित हुनेमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी रहेका छन् ।
नयाँ कार्यसमितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २/२ जनासहित ३८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै कार्यसमितिको अध्यक्ष पदका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सूर्यप्रसाद अधिकारीको उम्मेदवारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ ।
५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, विरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उम्मेदवारी परेको छ । ५ जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेको छ । सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेदवारी परेको छ ।
१० जना सदस्यहरूको लागि १७ जनाको उम्मेदवारी परेको छ । सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन यहि जेठ ३२ गतेका लागि तोकिएको छ ।
प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १४:३३