अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा
३१ जेठ, काठमाडाैं । अप्पर स्याङ्गे हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले जेठ १ गतेदेखि १९ गतेसम्म वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक र आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओ बाँडफाँड भएकाे बिक्री प्रबन्धकले जनाएको हो ।
कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको थियो । जसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको थियो ।
उक्त आइपीओमा लमजुङ्ग जिल्ला मस्र्याङ्गदी गा।पा। ९साविक घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९० का बासिन्दाहरुले आवेदन दिएका थिए ।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत ले हुन आउने ६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले ६५ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो । अन्तिम समयसम्ममा रितपुर्वक आवेदन दिने ६ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीकाे आईपीओ नतिजा कम्पनीको आइपीओ सिडिएसले संचालन गरेको बेवसाइट: iporesult.cdsc.com.np/ , बिक्री प्रबन्धकको बेवसाइटः https://www.siddharthacapital.com/ बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : 13:29









