१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एक कम्पनीको १५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईंको आयो त ?

३१ जेठ, काठमाडाैं ।  नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीकाे डिम्याट खातामा बोनस सेयर वितरण गर्न सुरु गरको छ ।

कम्पनीको बैशाख १५ गते सम्पन्न नबौं वार्षिक साधारण सभाले पारित गरेकाे १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले वैशाख ३ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर पठाइदिएको हो । हालसम्म डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने र त्यसपश्चात् बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार ११:०७