१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

कुमारी बैंककाे २ लाख ६८ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

३१ जेठ, काठमाडाैं । कुमारी बैंकले विभिन्न तीन जना संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक सेयरधनी मेनका लामाको नाममा रहेकाे १ लाख १६ हजार २१९ कित्ता, दीपक लामाको १ लाख ६ हजार ९११ कित्ता र अम्बरबहादुर तामाङको ४५ हजार ८१९ कित्ता गरी कुल २ लाख ६८ हजार ९४९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे हाे ।

उक्त सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन्।

ताेकिएकाे समयअवधिभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै पनि खरिद आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १०:०५