सानिमा हाइड्रो र कान्तिपुर टेलिभिजनले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डसँग मागे अनुमति
३१ जेठ, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आईपीओ निष्कासनको अनुमति माग्दै दुईवटा कम्पनीले निवेदन दिएका छन्। धितोपत्र बोर्डमा सानिमा हाइड्रोपावर र कान्तिपुर टेलिभिजन नेटवर्कले आईपीओ निष्काशनकाे अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन्।
कान्तिपुर टेलिभिजन नेटवर्कले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा कुल ७ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न जेठ २८ गते, आइतबार धितोपत्र बोर्डमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेकाे छ ।
त्यस्तै, सानिमा हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित क्षेत्रका स्थानिय र सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा कुल २४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि जेठ २६ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेकाे छ ।
प्रकाशित मिति : 09:07









