१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

नेप्सेमा उछालः कारोबार रकम ४ अर्ब नाघ्दा तीन कम्पनीको सेयर मूल्यमा सर्किट

३० जेठ, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । अघिल्लाे काराेबारकाे दिन साेमबार सामान्य अंकले बढेकाे बजार यस दिन भने उच्च अंकले बढ्न पुगेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.१७ अकंले बढेर २०२०.६४ बिन्दुमा बन्द भएको छ । आज २७० कम्पनीको १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँको कारोबार भएको छ ।

आज बैंकिङ समूहको ०.६१ प्रतिशत, विकास बैंक समूहको १.५७ प्रतिशत, फाइनान्स समूहको २.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको २.३० प्रतिशतले सेयर मूल्य बढेको छ । आज तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । मंगलबार वीन नेपाल लघुवित्त, भुगोल इनर्जि डेभलपमेन्ट कम्पनी र सिटी होटलको सेयर मूल्यमा सर्किट लागेको हाे ।

आज सबैभन्दा बढी प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।  आज शिवम् सिमेन्ट्सको  सर्वाधिक  काराेबार भएकाे छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार १५:२४