५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

इसेवा मनी ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

३० जेठ, काठमाडाैं ।  मुलुकभरि तथा संसारका २०० बढी राष्ट्रमा व्यापक रुपमा कारोबार विस्तार गरिरहेको रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंकमध्येको एक नबिल बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ।

यस सम्झौताअन्तर्गत अब विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखामध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिनेछ। यस सम्झौताबमोजिम अब विदेशमा रहेका नेपालीले सीधै नबिल बैंकको खातामा पैसा पठाई नगद भुक्तानी गर्न सक्नेछन्।

सम्झौतापत्रमा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन्।

इसेवा मनी ट्रान्सफरकले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरुका साथै नेपालका प्रायःजसो सबै बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले सेवाग्राहीलाई आफ्ना १ लाख ७५ हजारभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका १ करोड ६० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको सहायक कम्पनी पनि हो।

नबिल बैंकले ३८ वर्षदेखि देशव्यापी रुपमा आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेर २०४१ असार २९ गते स्थापना भएको नबिल बैंक नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र वित्तीय संस्थाका रुपमा सञ्चालन भइरहेको छ। हाल ७ प्रदेशका ७७ वटै जिल्लामा रहेका २५५ शाखाका साथ नबिल बैंक धेरै रुचाइएको बैंक बन्न सफल भएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार १२:०१