वामदेवका नाममा उपचुनावमा नजाने नेकपाको निर्णय, रामवीरको राजिनामा ड्रप
४ कात्तिक, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले वामदेवको नाममा उपचुनावमा नजाने निर्णय गरेको छ । अाइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको बैठकले उपचुनावमा जाने विषयको बहसकै अन्त्य गरेको सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले जानकारी दिएका छन ।
उनले काठमाडाैँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरको राजिनामाको विषयसमेत ड्रप गरिएको जानकारी दिएका छन । मानान्धरको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको छ । राजीनामा स्वीकृत नभएपछि अब वामदेव गौतमले काठमाडौं ७ र अन्य स्ठानबाट पनि तत्कालका लागि चुनाव नलड्ने निश्चित भएको छ ।
आइतबार बसेको बैठकमा पार्टी एकीकरण प्रक्रियालाई हरहालतमा चाँडो टुंगो लगाउने, नेतृत्वको वीचमा आशंका हैन, सुदृढ एकता कायम गर्ने र सरकारलाई पनि सफल बनाउन सबैले एकतावद्ध भएर लाग्ने निश्कर्ष निकालिएको छ ।
प्रकाशित मिति : ४ कार्तिक २०७५, आईतवार २१:११