अाज राति उल्का वर्षा हुने, हेर्नका लागि साेमबार बिहान पौने ४ बजे पछिको समय उत्तम
४ कात्तिक, काठमाडाैँ । अाज राति उल्का वर्षा हुने भएको छ । हेलीको पुछ्रे ताराका कारण हुने मृघशिरा उल्का वर्षा अाइतबार राति पौने ११ बजेदेखि साेमबार बिहान पौने ६ बजेसम्म देख्न सकिने वैज्ञानिकहरूले बताएका छन् ।

उल्कावर्षा हेर्न साेमबार बिहान पौने ४ बजे पछिको समय उत्तम हुनेछ नेपाल एस्ट्रोनोमिलकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराईले बताएका छन । अत्याधिक उल्का वर्षाको बेला प्रति घण्टा २० सम्म उल्का देखिने अनुमान गरिएको छ । उल्का वर्षाको गति प्रति सेकेण्ड ६७ किलोमिटरसम्म हुने भएकोले करिब ७० किलोमिटर माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने छ ।
प्रकाशित मिति : ४ कार्तिक २०७५, आईतवार १३:४८












