२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

कांग्रेस सभापति शेरबहादुर देउवा आँखा जाँच्न भोलि सिंगापुर जाने

२९ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आँखा जाँच्न भोलि सिंगापुर जाने भएका छन । देउवाले भोलिदेखि आफू आँखा जाँच्न सिंगापुर जान लागेको पार्टीका नेताहरूलाई जानकारी दिएका छन ।

प्रमुख सत्ता साझेदार दलका नेता भएका कारण देउवाले आँखा जाच्न सिंगापुर जान लागेको कुरा प्रधानमन्त्री प्रचण्डलाई समेत जानकारी गराएका छन । पछिल्लो समय देउवाको आँखामा समस्या देखिएको उनी निकटकाहरूले बताएका छन ।

डा सन्दुक रूइतले आँखाको उपचारमा विश्वमा नाम कमाउने र करोडौँको पुरस्कार प्राप्त गरिरहेको भए पनि पूर्वप्रधानमन्त्री देउवा भने आँखाकै उपचारका लागि मंगलबार सिंगापुर उड्दैछन ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार २३:२२