२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

अामाविना बाच्न नसकेको भन्दै एकै परिवारका तीन दिदीबहिनीसहित एक भाइले गरे अात्महत्या

४ कात्तिक, काठमाडाैँ । अामाविना बाच्न नसकेको भन्दै एकै परिवारका तीन दिदीबहिनीसहित एक भाइले अात्महत्या गरेका छन । भारतको हरियाणामा पर्ने फरिदाबादमा एकै परिवारका तीन दिदीबहिनीसहित भाइले एकैसाथ आत्महत्या गरेका हुन् । फरिदाबादको दयाल बाग कोलोनीमा छिमेकीको सूचनाका आधारमा पुलिसले जाँच गर्दा चारजनाको शव फेला परेको हो । इन्डियन एक्सप्रेसमा प्रकाशित खबरका अनुसार उनीहरु सबै ३७ देखि ४२ वर्ष उमेरका रहेका छन् ।

छिमेकीले दिएको सूचना अनुसार उनीहरुको बुबा आमाको पहिले नै मृत्यु भएको थियो । घरमा लामो समयदेखि कोही आवतजावत नभएको र घरबाट गन्ध आउन थालेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । हरियाणा पुलिस र फोरेन्सिक विशेषज्ञ टोलीले यस घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । उनीहरुको शवसँगै भेटिएको सुसाइड नोटमा आमाको मृत्यु भएको र आमाबिना बाँच्न नसकेकाले आत्महत्या गरेको उल्लेख छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७५, आईतवार १३:३७