२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

बाख्रा चराउन गएकी ७ वर्षीया बालिकालार्इ घडी दिएर बलात्कार, अारोपी प्रहरी खोरमा

४ कात्तिक, काठमाडाैँ । अछाममा ७ वर्षीय बालिका बलात्कृत भएकी छिन । अछामको कमलबजार नगरपालिकामा बालिका बलात्कृत भएकी हुन । बालिका बालात्कार गरेको अभियोगमा कमलबजार–५ का १८ बर्षीय युवकलाई पक्राउ गरेको छ । उनलाई शनिबार साँझ अछाम प्रहरीले पक्राउ गरेको भए पनि परिचय भने खुलाएको छैन ।

अर्की १४ बर्षीया बालिकामाथि बलात्कार प्रयास भएको भएपछि उनी पक्राउ परेका हुन । गत ३ असोजमा गाई, बाख्रा चराउन गएकी ७ बर्षीया बालिकालाई जंगलमै ती युवकले बलात्कार गरेका थिए । तर, जब उनले २ कात्तिकमा पुनः जंगलमा गाई, बाख्रा चराउन गएकी अर्की १४ बर्षीया बालिकामाथि बलात्कारको प्रयास गरे तब उनको कर्तुत सार्वजनिक भयो । पीडितका बुवाले प्रहरीमा दिएको उजुरी अनुसार आफ्नो छोरीलाई ती युवकले घडी दिइ फकाएर बलात्कार गरेको थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७५, आईतवार १२:४९