२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

नक्कली नोटको कारखानामा प्रहरीको छापा, ३ लाख ७० हजार रुपैयाँसहित पाँच जना पक्राउ

४ कात्तिक, काठमाडाैँ । प्रहरीले काठमाडाैँ उपत्यकाको विभन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ । दशैंको वेला नक्कली नोटको बिगबिगी गराउने गिरोहलार्इ नोट छाप्न प्रयोग हुने कागजसहित पक्राउ गरेको हो । प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन लगायतका रहेका छन । प्रहरीले ललितपुरको मच्छेगाउँस्थित एक व्यक्तिको घरसहित काठमाडौंका विभिन्न क्षेत्रमा छापा मारेर नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको हो । छापा मार्ने क्रममा विभिन्न व्यक्तिको कोठाबाट फोटोकपी मेसिनसहित नोट छाप्ने कागजहरु बरामद भएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७५, आईतवार १२:२०