भर्ने हाेइन त ? सर्वसाधारणले ५० हजार कित्तासम्म किन्न पाउने आईपीओ निष्काशन हुँदै
२९ जेठ, काठमाडाैं । थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले असार ५ गते मंगलबारदेखि सर्वसाधारणहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता निष्कासन गरिसकेको छ । अहिले निष्कासन गर्न लागेकाेमध्ये कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता छुट्याइएको छ । बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि छिटाेमा असार ८ गतेसम्म र ढिलाेमा असार १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय साथै मेराे सेयरबाट आईपीओ भर्न सक्नेछन् ।
प्रकाशित मिति : 12:02









