१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

इटहरीबाट भैरहवा जाँदै गरेको बस अरूणखोलामा खस्यो, ५ जनाको मृत्यु ५१ जना घाइते

४ कात्तिक, काठमाडाैँ । नवलपरासीको अरूणखोलामा बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी कम्तीमा ५१ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नम्बरको बस आइतबार बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट खसेको प्रहरीले जनाएको छ । बसको बत्ती मधुरो रहेको र गति तीव्र कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ४२ जनाको भरतपुर र ९ जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७५, आईतवार ०७:१३