९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

आउने बर्ष विकास निर्माणमा होलिडे हुने निश्चितः पदम गिरी

२८ जेठ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आउने वर्ष विकास निर्माणमा होलिडे हुने कुरा निश्चित भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा उनले सरकारले बजेटलाई लिएर सफेद झुठको खेती गरिरहेको बताए ।

उनले भने ‘ अब आउने आर्थिक वर्षमा १२ खर्व भन्दा बढीआर्थिक राजस्व संकलन गर्छौ भन्ने कुरा यो अत्यन्त झुटको खेती भईरहेको छ,जनतालाई भ्रममा पार्ने काम भईरहेको छ । यो कुरा कुनै पनि आधारमा सत्य हैन् । विगतमा ५५ अर्व बजेट अनुदान आउँछ भनेर आज सम्म ८ अर्व ल्याउन नसकेको यो सरकारले यहि योग्यता राखेर के ४९ अर्व पैसा विदेशी अनुदान प्राप्त गर्छ भन्ने कुनै आधार छ ? अहिलेको सरकारले जुन पुँजीगत खर्चको व्यवस्था गरेको छ यसको कुनै पनि वस्तुगत आधार छैन् । आउने वर्ष विकास निमार्णको होलीडे हुने कुरा निश्चित छ । ’

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १४:३३