२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्याउदा देशमा आर्थिक संकट आयाेः प्रभु साह

२८ जेठ, काठमाडौं । आमजनता पार्टीका सांसद प्रभु साहले नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्याएको हुनाले नेपालमा आर्थिक संकट आएको बताएका छन् ।

आइतवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सबै पदमा रहेकाहरुले कमिसन र घुसको नाममा पैसा लिएर विदेश पठाएको भन्दै यस्तो प्रवृत्तिले नेपालमा आर्थिक संकट कम नहुने बताए ।

उनले भने,व्यापारीहरु राजस्व छली गरिरहेका छन्, पैसा थुपारिरहेका छन् । कर्मचारीहरु घुस खाएर थुपारिरहेका छन् । नेताहरु कमिसनको पैसा थुपारिरहेका छन् र ती पैसा अवैध बाटोबाट विदेश पुर्याउने गरेका छन् । भन्नलाई नेपालको कानूनले कुनै सम्पत्ति लान मिल्दैन् तर तपाई पत्ता लगाउनुस घर भाडा पनि छोड्दैन् । भएको पुँजीअवैध बाटोबाट विदेश लगेपछि नेपाल समृद्ध हुन्छ। यहि संसदमा हेर्न सक्छौ, अधिकांश नेताहरु अवसरको लागि नेपालमा र उहाँका छोराछोरीहरु विदेशमा नेपालका सबै पुँजीहरु विदेशमा थुपार्दिए पछि । नेपालको आर्थिक संकट टर्छ ।

सांसद साहले सांसदमै रहेका कति नेताहरु अवसरका लागि नेपाल बसेको र आफ्नो छोरा छोरीलाई बाहिर पठाएको भन्दै नेपालमा अवसरको खोजी गर्ने व्यक्ति मात्र रहने बताए । उनले नेपाल सरकारले देशको सम्पत्ति बाहिर लान नपाउने व्यवस्था भए पनि हुण्डी कारोवारीबाट नेपालको सम्पत्ति बाहिर लाने गरेको बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १४:२०