करको दायरा मात्र बढाएर अर्थतन्त्रको सुधार हुन सक्दैन्ः सांसद शाही
२८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले करको दायर मात्र बढाएर अर्थतन्त्रको सुधार गर्न नसकिने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागी हुँदै सांसद शाहीले नीति तथा कार्यक्रम एकातिर छ , तर बजेट भने अर्को तर्फ केन्द्रित भएको बताए ।
उनले भने ‘बजेटलाई हेर्दा प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटघाट नभएको मैले बुझेको छु । नीति तथा कार्यक्रम एकातिर छ र बजेट अर्को तर्फ केन्द्रित छ । करको दायरा मात्र बढाएर नेपालको अर्थतन्त्रमा सुधार ल्याउन सकिँदैन् । ’
सबै क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्ने भन्दै सांसद शाहीले सबै प्रकारको आर्थिक समस्यालाई सुधार्नको लागि सबै एकै ठाउँमा उभिन आवश्यक भएको बताए । उनले देशको लागि पूर्वाधार निमार्णमा पनि जोड दिनु पर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १३:०६