१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राष्ट्र उत्थान लघुवित्तले बाेलायाे वार्षिक साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा

२८ जेठ, काठमाडाैं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीकाे सञ्चालक समितिको बैठक बैठककाे निर्णयअनुसार कम्पनीकाे चौथो वार्षिक साधारणसभा असार १६ गते काभ्रेको धुलिखेलस्थित होटेल अरनिकोमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

सभाले राष्ट्र उत्थान र आशा लघुवित्तबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ। सभाले मर्जर प्रयोजनार्थ तय भएको १ः१ सेयर स्वाप रेसियो पनि पारित गर्नेछ । मर्जरपछि ‘राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्ने र केन्द्रीय कार्यालय काभ्रेको बनेपा–१३ साँगामा रहने विशेष प्रस्ताव पारित गर्नेछ ।

संस्थाको चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँबाट वृद्धि गरी २६ करोड रुपैयाँ र प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभाले गत आर्थिक वर्षका वार्षिक तथा लेखापरीक्षण रिपोर्ट पनि स्वीकृत गर्नेछ ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असार ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै संस्थाको वार्षिक साधारणसभामा सहभागि हुन पाउनेछन्।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १२:३८