सेयरधनीलाई लाभांश वितरण नगर्ने लाइफ इन्स्योरेन्सको निर्णय
२८ जेठ, काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ । कम्पनीकाे जेठ २६ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले कम्पनीको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्विकृत गरेकोले सो को अन्तिम स्विकृतीका लागि बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार ११:४४