२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

१८ वर्षीय किशोरको खुकुरी प्रहार गरी हत्या गर्ने हिक्मत हमाल १४ वर्षपछि पक्राउ

३ कात्तिक, काठमाडाैँ । काठमाडाैँ रानीबारीका १८ वर्षीया बालक जीवन लोहनीको हत्या गरी फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन । महानगरीय अपराध अनुसन्धान महाशाखाले काठमाडौं–३, रानीबारीमा लोहनीको हत्या गरी फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बाग्लुङ देविस्थान–२ का ३७ वर्षीय हिक्मत हमाल रहेका छन् ।

यसअघि हमालसहित हरि गिरी, प्रकाश हमाल लगायतको समूहले मादक पदार्थ सेवन गरेर बालक लोहनीको हत्या गरेका थिए । हत्यामा संलग्न हरि र प्रकाश यसअघि नै पक्राउ परिसकेका छन् । घटनामा संलग्न दुई जना अझै फरार छन् । उनीहरुले खुकुरी प्रहार गरेर बालकको हत्या गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७५, शनिबार १६:४८