निर्मला पन्तको बलात्कार र हत्या प्रकरणः एसपी विष्ट र इन्सपेक्टर भट्ट होलान त बर्खास्त ?
३ कात्तिक, काठमाडाैँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुर घटनामा दोषी देखिएको भन्दै एसपी डिल्लीराज बिष्ट र इन्सपेक्टर जगदीश भट्टलाई सेवाबाट बर्खास्त गर्न सिफारिश गरेका छन । एआइजी धीरु बस्न्यात नेतृत्वको छानविन समितिले घटनाको अनुसन्धानमा पुरै लापर्वाही गरिएको निश्कर्षसहितको प्रतिवेदन बुझाएपछि आइजीपी खनालले बर्खास्तका लागि गृह मन्त्रालयलाई सिफारिस गरेका हुन ।
जनताटाइम्सका अनुसार निर्मला वलात्कार पश्चात गरिएको हत्याको अनुसन्धानमा लापरवाही गरिएको भन्दै एआइजी बस्नेतले प्रतिवेदन दिए लगत्तै प्रहरी महानिरीक्षक खनालले लापरवाही गर्ने एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट इन्स्पेक्टरलाइ वर्खास्त गर्न भन्दै गृह मन्त्रालयलार्इ सिफारिश गर्नुभएको छ, कार्यालय खुल्ने वित्तिकै उहाँको सिफारिश कार्यान्वयन हुन्छ, गृह मन्त्रालयका एक अधिकृतले भने ।

बिष्ट जिल्ला प्रमुख र भट्ट एरिया प्रमुख रहेकोले प्रतिवेदन आउने बित्तिकै बर्खास्त गर्न भनिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । पन्तको बलात्कारपछि हत्या भएको प्रष्ट देखिए पनि प्रहरीले अनुसनधानको सामान्य बिधिसमेत पालना नगरीउल्टो दिशातर्फ अनुसन्धान अघि बढाइएको र प्रमाण मेटाउन लागेको कारण सेवाबाटै बर्खास्त गर्ने निर्णय प्रहरी नेतृत्वले गरेको स्रोतकाे भनाई छ ।
निर्मला हत्याकाण्डमा प्रहरी अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकारी र तल्लो तहका सदस्यको संलग्नताबारे छानबिन गर्न बस्न्यातको नेतृत्वमा समिति गठन गरिएको थियो । टोलीमा बस्न्यातसँगै एसएसपी उत्तमकुमार सुवेदी, निरज शाहीलगायत ९ जना रहेका थिए । यसअघि भदौ १४ गते एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो ।
प्रकाशित मिति : ३ कार्तिक २०७५, शनिबार ०९:१७












