२ कार्तिक २०८१, शुक्रबार | Sat Oct 19 2024

बीमा क्षेत्रका समस्या समाधानकालागि सामुहिक प्रयास आवश्यकः अर्थमन्त्री डाक्टर महत

२६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले, सामुहिक प्रयासले मात्रै बीमा क्षेत्रको व्यवस्थित विकास सम्भव रहेको बताएका छन् । काठमाडौंमा एसियन इन्स्योरेन्स मीट २०२३ लाई सम्बोधन गर्दै डाक्टर महतले राष्ट्रको विकासका लािग विकसित वित्तीय प्रणाली महत्वपूर्ण हुने भन्दै उनले त्यसका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताए ।

उनले भने ‘ सहज बीमा क्षेत्र निर्माणको प्रयासमा सहकार्य र नवीनता महत्पूर्ण पाटो हो । नियामकहरू, बीमाकर्ताहरू, पुनर्बीमा, र सहजकर्ताले बलियो जोखिम व्यवस्थापन ढाँचाहरू विकास गर्न, पर्यवेक्षक संयन्त्रहरू बढाउन सामुहिक प्रयाय गर्नुपर्छ।’ वित्तीय साक्षरता बढाउन र बीमामा आम नागरिकको पहुँच बढाउन लचिलो जीवन बीमा बजार आवश्यक रहेको उनको भनाई छ ।

‘हामी एक महत्वपूर्ण मोडमा उभिएका छौं जहाँ हामी परम्परागत र नयाँ दुवै जोखिममा अभूतपूर्व वृद्धि देखिरहेका छौं।’ उनले भने ‘हामीले प्राकृतिक प्रकोप, आर्थिक अस्थिरता, साइबर खतरा र महामारीको विनाशकारी प्रभावहरू अनुभव गरेका छौं।’ यस्ता समस्या बढिरहेका बेला बीमा बजारलाई थप व्यवस्थित गर्नु पर्ने चुनौति बढेको उनको भनाई छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार ११:५९