१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

घुसखोर र भ्रष्ट नेतालार्इ चन्द्र भण्डारीको चुनाैतिः जसले माझी वस्तीमा दशैँको खुशी यसरी बाँडे

३ कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले यसवर्षको दशैँ गुल्मीको माझी र कुमाल बस्तीमा मनाएका छन । उनले विगत तीन वर्षदेखि माझीवस्तीमा दशैँ मनाउँदै अाएका छन । भण्डारीले दैनिकीसँग कुरा गर्दै अाफूले गुल्मीको मजुवा बजारबाट मुस्किलले १० मिनेटको पैदलमा पुगिने उक्त माझी बस्तीको बालबालिकाको पठनपाठनमा समेत निरन्तर सहयोग गर्दै अाएको बताए ।

नेता भण्डारीले विभिन्न विद्यालयमा अध्ययनरत ६०० बढी विद्र्यार्थीलार्इ स्वीटर, ट्रयाकसुट र स्टेशनरीसहित ५० रूपैयाँ दक्षिणा दिएर टीका लगाइदिएका छन । भण्डारीले दैनिकीसँग कुरा गर्दै माझी प्रा.वि. बालविकास प्रा.वि तुराङ्ग, बलिथुम नरहरी कडेंल मा.वि. बलिथुम, झेर्दी नि.मावि हुगा, लक्ष्मी निमावी बम्घा र आधीपाटा प्रा.वि. उल्लीखोलाका माझी र कुमाल विद्यार्थीका निम्ति शैक्षिक सामाग्री र पोशाक वितरण गरेका हुन ।

भण्डारीले माझी वस्तीकै झण्डै ५०० सय महिलालार्इ टीका लगाइ ५० रूपैयाँ दक्षिणा र धोती र लुगी पनि वितरण गरेका छन । २०७० सालको संविधानसभामा गुल्मी क्षेत्र नं. २ बाट विजयी भएपछी नेता भण्डारीले आफ्नो तलब सबै सिमान्तकृत वर्गका बालबालिकाको पठनपाठनमा खर्च गरेका थिए ।

नेता मात्रै सम्पन्न बन्ने जनता सधैको गरिब बन्ने परिपाटी अन्त्य गर्न आफु सिमान्तकृत बस्तीमा पुगेको बताउँदै नेता भण्डारीले दैनिकीसँग भने, ‘धन भएका नेताहरूको मन यस्तै हुने हो भने धेरै गरिब बालबालिकाले पढ्न पाउने र उनीहरूको दशैँ पनि खुशीमय हुन्छ । हामी नेताहरूले खाली देश बनाउने सपनामात्र बाड्याैँ देश बनाउनका निम्ति गरिबीको चपेटामा रहेकाे सिमान्तकृतहरूका लागि कहिल्यै सोचेनाैँ त्यसकारण मैले देशको उच्च नेतृत्वलार्इ सन्देश दिन यस्ता सामाजिक कार्यमा अाफ्नो समय खर्च गरिरहेको छु ।’

नेता भण्डारीले तीनै माझीवस्तीका जनताका लागि ४१६ घर निर्माणमा सहयोग पुर्याएका थिए । नेता भण्डारीको यो कदम भ्रष्ट र घुसखोर नेताका निम्ति ठूलो चुनाैति हो । अलिकति पैसा हुने नेताहरूले यसैगरी सीमान्तकृतहरूको मुहारनमा खुशी ल्याउन कोशीश गर्ने हो भने देशमा समृद्धिको स्वरूप देखापर्नेछ ।

     

प्रकाशित मिति : ३ कार्तिक २०७५, शनिबार ०८:२३