२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मन्त्रीपरिषद्को बैठक सिंहदरबारमा जारी

२४ जेठ, काठमाडौं । मन्त्रीपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ । मन्त्रिपरिपद्को मंगलवार बस्ने नियमित बैठक आज(बुधवार) बसेको हो । प्रधानमन्त्री दाहाल मंगलवार खप्तड क्षेत्रमा जारी अन्तराष्ट्रिय आध्यात्मिक केन्द्र उद्घाटन गर्न गएपछि बैठक स्थगित भएको थियो ।

सोही बैठक आज बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको हो । बैठक बिहान ९ बजेपछि सिंहदरबारमा बसिरहेको छ । आजको बैठकमा नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुनेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १०:४६