५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

नक्कली भुटानी शरणार्थी प्रकरणः केशव, सानु, सागर र सन्देश पक्षको बहस सुरु हुँदै

२४ जेठ, काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका पक्राउ मध्ये चार अभियुक्त पक्षको थुनछेक बहस आज(बुधवार) हुनेछ । जिल्ला अदालत काठमाडौंका अनुसार केशव दुलाल, सानु भणडारी, सागर राई र सन्देश शर्माको पक्षबाट आज बहस हुनेछ । बहसमा पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता बिनोद शर्मा लगायतका अधिवक्ता सहभागि हुनेछन् ।

अदालतका अनुसार उनीहरु विरुद्धको बहस आजै सकिने छ । बिहीवार भने अन्य प्रतिवादी पक्षको बहस हुनेछ । बहस गत २१ जेठदेखि जिल्ला न्यालधिस प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी छ । जाहेरीकर्ता पक्षको बहस मंगलवार नै पुरा भएको छ ।

पुर्व गृहमन्त्री बालकृष्ण खाणले बहसका निम्ति पूर्व महान्यायधिवक्ता खम्मबहादुर खाती, नेपाल बार एशोसियशनका पूर्व अध्यक्ष शेरबहादुर केसी र गोपालकृष्ण घिमिरेसहित अधिवक्ताको १८ टोली नियुक्त गरेका छन् । त्यस्तै, पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले थुनछेक बहसमा ‘हाइप्रोफाइल’ अधिवक्तालाई बहसमा उतारेका छन् । अदालतमा पेश विवरण अनुसार उनको पक्षबाट बहसको नेतृत्व बरिष्ठ अधिवक्ता सुशील पन्तले गरेका छन् । टोलीमा पूर्व महान्यायधिवक्ता रमेश बडाल पनि सहभागि छन् । त्यस बाहेक धर्मराज रेग्मी, पर्शुराम कोइराला, करुणाकर मल्लिक, आकृति रायमाझीलगायत आठ अधिवक्ताले उनको पक्षमा बहस गर्दैछन् ।

पूर्व गृहसचिव टेकनारायण पाण्डेले पनि बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्तलाई नै नियुक्त गरेका छन् । उनको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दै छन् । टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन् । रेग्मी नेपाल प्रहरीका पूर्वएसएसपी हुन् । त्यस्तै, डा. इन्द्रजीत राईले बहसका निम्ति बरिष्ठ अधिवक्ता बालकृष्ण ढकाललाई नियुक्त गरेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १०:३०