५ वर्ष पुरानो लाभांश लिन आउन सेयरधनीलाई चिलिमे जलविद्युतको आग्रह, कति छ बाेनस र नगद ?
२४ जेठ, काठमाडाैं । चिलिमे जलविद्युत कम्पनीले ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ।कम्पनीले विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो लाभांश हालसम्म बाँकी रहेका सेयरधनीहरुले भुक्तानी लिन आग्रह गरेको हो ।
कम्पनीले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७३/७४ को नगद लाभांश हालसम्म बुझिलिन लिन बाँकी रहेका लगानीकर्ताले १ महिनाभित्र बुझिलिन कम्पनीले अनुराेध गरेकाे हाे । सो आर्थिक वर्ष कम्पनीले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथ परिचयपत्र ल्याएर लिन बाँकी रहेको लाभांश रकम एक महिनाभित्र सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गरि लिन सकिनेछ ।
तोकिएको समयभित्र पनि नगद लाभांश लिन नआउने सेयरधनीहरूको नगद लाभांश बापतको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ।
प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार ०९:२७












