५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

भैंसी होइन मुर्रा राँगो ल्याउने सहमति ७ बर्ष अघिको होः प्रधानमन्त्री

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट राँगो ल्याउने सहमति आज नभई ७ बर्ष अघि भएको प्रष्ट पारेका छन् ।
आफ्नो भारत भ्रमणको बारेमा उठेका प्रश्नहरुको सोमबार प्रतिनिधिसभामा जवाफ दिदैं प्रधानमन्त्री दाहालले भैंसी नभइ मुर्रा जातको राँगो सहमति अनुरुप यसपटक मात्र आएको प्रष्ट पारे ।

उनले भने भैंसीको कुरा आज भन्दा ७ वर्ष अगाडि नै मुर्रा भैंसी ल्याउने कुरा भएको रहेछ । आएको मात्र अहिले हो । ७ वर्ष अगाडिको रहेछ मुर्रा भैंसी । मान्छेले मलाई भैंसी चढाएर हिडाएका छन् । राँगा राँगा नै हो मुर्रा हो मुर्रा । ’

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १३:३१