२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

एमालेको कटाक्षः मृत विधेयक ब्यूँझाउने तागत भए द्वन्द्वकालमा मारिएकालाई पनि ब्यूँताइदिऔं

२२ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले विधेयक ब्यूँताउने तागत भए द्वन्द्वकालमा मारिएका १७ हजारलाई पनि ब्यूँताइदिन चेतावनी दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले मृत्यु भइसकेको विधेयक व्युँताउने तागत हुनेले द्वन्द्वकालमा मारिएकाहरुलाई पनि व्युँताउन चेतावनी दिए ।

उनले भने ‘मृत्यु भइसकेको विधेयकलाई व्यूँताउने तागत प्रधानमन्त्रीसँग छ भने प्रधानमन्त्रीसँग मेरो अनुरोध छ द्वन्द्व मारिएका १७ हजार मान्छेलाई पनि ब्यूँताइदिउन त एकपटक । यदि ब्यूँताउने अधिकार छ भने ।’

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १२:४२