१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

११० रुपैयाँमा कुमारी बैंककाे १४ लाख ९० हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

२२ जेठ, काठमाडाैं । कुमारी बैंकले आज जेठ २२ गतेबाट केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक समूहको १४ लाख ९० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएकाे हाे ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि जेठ २९ गतेसम्म  खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडाैंकाे कमलादीस्थित कार्यालयमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १२:१४