२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने एमालेमा फर्किए

२१ जेठ, काठमाडौं । नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने नेकपा एमालेमा फर्किएका छन् । पार्टी विभाजन भएकाे दुई वर्षपछि उनि एमालेमा फर्किएका हुन् । उनले नेकपा एसको नीति तथा कांग्रेसपरस्त प्रवृत्तिसँग असहति जनाउँदै केही समयअघि राजीनामा दिएका थिए ।

आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरूले न्यौपाने र सूर्य शर्मालगायत नेतालाई एमालेमा स्वागत गरेका हुन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १६:३२