२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नागरिकता विधेयकलाई लिएर रास्वपाको पनि विरोधः विधेयक फिर्ता लिन चेतावनी

२१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले, सरकारले ल्याएको नागरिकता विधेयकको चर्को विरोध गरेको छ । आइतबारको संसद बैठकमा रास्वपाका सांसद सन्तोष परियारले, नागरिकताको समस्या समाधान गर्नु राज्यको दायित्व भए पनि जुन विधि र प्रक्रिया अपनाइयो यो आपत्ति जनक छ भन्दै विरोध गरेका हुन् ।

उनले कुनै पनि हालतमा नागरिकताको विधेयकलाई राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार नगर्ने प्रष्ट पारे । ‘यो राजनीतिक विषय हो । यो नेपालको सुरक्षासंग जोडिएको विषय हो । यो मानवअधिकारसंग जोडिएको विषय हो र सँगसँगै यो भूराजनीतिक विषय पनि हो ।’ उनले भने ‘गम्भिर विषयमा संसदमा खास समयमा छ भनेर हामीलाई संसदमा बोल्न दिइरहने र अनि सरकार लुसुलुसु आफ्नो काम गर्ने यो रवैयालाई अब राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार्दैन यसर्थ हामी गम्भिर भएर भन्न चाहान्छौं सरकारले यो रोकोस । ’

नागरिकता विहीन नेपालीलाई नागरिकता दिलाउने विषयमा रास्वपाले सडक र सदनबाट समेत पहल गर्ने तर विधेयकबाट गलत नियतका साथ नागरिकता बाड्ने योजनालाई सर्मथन नगर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १५:५२