२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक सोमबारसम्म स्थगित

२१ जेठ, काठमाडौं । नेकपा एमालेसहितका प्रतिपक्षीले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेपछि रोकिएको प्रतिनिधिसभाको बैठक भाेलि जेठ २२ गते सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक संसद सचिवालयले सूचना टाँस गरेर सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको हो । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा राष्ट्रघाती काम भएको भन्दै एमाले,रास्वपा र राप्रपाले आइतबारको बैठक अवरोध गरेका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १५:४५